Eye Camp
2024-03-30
Tathali - Ithachaयस सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को महिला उपसमिति र कृषि तथा व्यवसाय प्रवद्धन उपसमितिको संयुक्त आयोजनामा चा.न.पा ९ स्थित इथाचा ताथलीको रोम्बस नेशनल स्कूलमा यहि चैत्र १७ गते शनिवारका दिन निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका लागि प्राविधिक सहयोग मातृका आँखा केन्द्र काठमाण्डौ र ब्रम्हायणी टोल विकास समिति र तालुवापाटी समदर्शी टोल विकास समितिबाट कार्यक्रमका लागि समन्वय गरिएको थियो । कार्यक्रममा बच्चादेखि बृद्ध बा आमा गरी जम्मा २७४ जनाले निशुल्क आँखा जाँच गरि स्वास्थ्य लाभ लिनुभएको थियो ।
English
Nepali